२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आयागले सोध्यो ६ जनालाई स्पष्टीकरणः ओलीको...

आयागले सोध्यो ६ जनालाई स्पष्टीकरणः ओलीको स्ट्टाटसमा कमेन्ट गर्दा परे बालेन, बस्नेतलाई बलात्कारी भन्दा शोभा पाठक

आयागले सोध्यो ६ जनालाई स्पष्टीकरणः ओलीको स्ट्टाटसमा कमेन्ट गर्दा परे बालेन, बस्नेतलाई बलात्कारी भन्दा शोभा पाठक

मंगलवार, माघ १३ २०८२११:५३
मंगलवार, माघ १३ २०८२११:५३
  • images

    काठमाडौँ । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार बालेन शाहलाई स्पष्टीकरण सोधेको छ । 

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । बालेन र ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार उठेका छन् । 

    आयोगले बालेन बाहेक अन्य ६ जनालाई समेत स्पटीकण सोधेको छ । जसमा सुनसरी १ बा उम्मेदवार रहेका हर्म साम्पाङलाई चुनाव प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको र टिसर्ट लगाउन लगाएको भन्दै स्पष्टीकरण सोधिएको छ । 

    निकोलस भुसाललाई जेनजी आन्दोलनका आइकानिक जुत्ता आफ्नो चुनाव चिह् भएको भन्दै प्रचार गरेकोमा स्पष्ीकरण सोधिएको छ । 

    भक्तपुर २ बाट उम्मेदवार रहेका महेश बस्नेतलाई समेत आयोगले पत्र काटेको छ । उनले बालेनलाई छाउा भनेको भन्दै आयोगले स्पष्टीकण सोधेको हो । यस्तैगरी सोही क्षेत्रकी उम्मेदवार रहेको जानुका (शोभा) पाठकलाई समेत स्पष्टीकरण सोधिएको   उनले  बस्नेतलाई बलात्कारी भनेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend