२०८३, आश्विन २२ गते

images

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

सीएनएन खबर
मंगलवार, माघ १३ २०८२१२:४७
सीएनएन खबर
मंगलवार, माघ १३ २०८२१२:४७
  • images

    काठमाडौँ । शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले सडक सञ्चालनमा आएको छ । 

    भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो । कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए । 

    हिमपातले सडक दुई दिनसम्म बन्द भएपछि मुगुको सदरमुकाम गमगढी बजारमा  दैनिक उपभोग्य सामग्री, विकास–निर्माणका सामानहरु बीच बाटामै रोकिएका थियो । 

    हिउँ पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतिर लागेको कनकासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend