काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारका अनुसार आचार्यले पदीय मर्यादा विपरीत कार्य गरी स्रोत पुष्टि हुन नसक्ने सम्पत्ति आर्जन गरेका छन्। उनीमाथि ६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ बिगो मागदावी सहित मुद्दा दर्ता गरिएको छ।
उनले सेवा अवधिमा १० करोडभन्दा बढी आय देखाए पनि त्यसमा ३ करोड ५१ लाख मात्रै वैधानिक देखिएको छ। बाँकी रकमको स्रोत पुष्टि हुन नसकेको र गैरकानुनी रूपमा श्रीमती लिली सुवेदीको नाममा पनि सम्पत्ति जोडेको आरोप छ।

