काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत फेला परेपछि नागार्जुन नगरपालिका–४, सीतापाइलास्थित स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागले काठमाडौं, भक्तपुर, कीर्तिपुर, नागार्जुन र मध्यपुर ठिमी लगायतका स्थानमा १२ वटा फर्ममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ।
विभागका अनुसार नियमित बजार अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिइनेछ।

