२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • संसदमा ओलीले भने– नेपालको शिर ढल्ने...

संसदमा ओलीले भने– नेपालको शिर ढल्ने र प्रतिष्ठा तलमाथि पर्ने काम गर्दिनँ

संसदमा ओलीले भने– नेपालको शिर ढल्ने र प्रतिष्ठा तलमाथि पर्ने काम गर्दिनँ

सोमवार, भाद्र ३१ २०८१०३:१८
सोमवार, भाद्र ३१ २०८१०३:१८
  • images

    काठमाडौं । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले नेपालको शिर ढल्ने गरी र नेपालको प्रभाव प्रतिष्ठा तलमाथि पर्नेगरी कुनै काम नगर्ने बताएका छन्।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेकोबारे जानकारी गराउँदै ओलीले भोलिका लागि सम्झेर आफूले काम गर्ने बताए। ‘नेपालको शिर ढल्ने गरी नेपालको प्रभाव प्रतिष्ठा, हित तल पर्नेगरी काम गर्दिनँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले गर्ने राजनीतिक भनेको देश र जनताका लागि हो।’

    प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभामा समग्र राष्ट्रका कुराहरु पेश गनैृ बताउँदै यसपटक जलवायु परिवर्तनका विषयहरूमा आफ्नो दृष्टिकोण पेश गर्ने जनाए। 

    ‘यहाँका आन्तरिक प्रबृत्तिहरूबारे भाषा शैली र उत्तेजना र व्यवहारहरू लगेर त्यहाँ छरिने छैन,’ ओलीले भने, ‘क्लाइमेटको विषयमा हाम्रो हिमालको के सम्बन्ध छ? यो विश्वव्यापी समस्या होm हामीले ध्यानदिनुपर्ने भनेको पिपुल र प्लानेट हुन्।’

    यस्ता अभिव्यक्ति राष्ट्रघाती, संविधान विरोधी, देशद्रोही भएको बताउँदै उनले त्यस्ता अभिव्यक्तिले राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई खण्डित गर्ने बताए। 

    ‘एकजना पूर्वमन्त्रीले एउटा सञ्चारमाध्यममा आफ्ना विचार राख्ने क्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू–भाग होइन, भारतको भू–भाग हो भन्ने विचार व्यक्त गर्नुभएछ । यो संविधान विरोधी र गैरजिम्मेवारी अभिव्यक्तिप्रति खेद व्यक्त गर्न चाहन्छु,’ उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend