२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सिन्धुलीमा रहेको हिमालयन फुड कम्पनीमा कामदारबीच...

सिन्धुलीमा रहेको हिमालयन फुड कम्पनीमा कामदारबीच झडप, सात घाइते

सिन्धुलीमा रहेको हिमालयन फुड कम्पनीमा कामदारबीच झडप, सात घाइते

सीएनएन खबर
सोमवार, फाल्गुण ११ २०८२०१:५४
सीएनएन खबर
सोमवार, फाल्गुण ११ २०८२०१:५४
  • images

    काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् ।

    घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार छन् । जिल्लाकै मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ । उदयपुरको कटारी नगरपालिका–१२ बस्ने २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । 

    उनका अनुसार हिमालयन फुड कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरु ३८ वर्षीय नागरिक मिस्टर याङ, ४५ वर्षीय याङ हाईबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते छन् । उनीहरूको कान, टाउको, हात, छाति, मुखमा चोट लागेको र हाल मरिणकै प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

    मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालेको विषयलाई लिएर विवाद सुरु भएको थियो । सिन्धुली प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend