काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं-१ मा उम्मेदवार रहेकी रञ्जु दर्शनालाई पुत्रलाभ भएको छ।
काठमाडौंको सिभिल अस्पतालमा रञ्जुले मंगलबार बिहान छोरालाई जन्म दिएकी हुन्। अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको रास्वपा केन्द्रीय सदस्य रमेश पौडेलले जानकारी दिए।
मंगलबार बिहानै रञ्जुले फेसबुकमा भिडिओ सन्देशमार्फत आफ्नो लागि आज विशेष दिन रहेको बताएकी थिइन्। ८ महिनाको गर्भावस्थामै उनी चुनावी घरदैलोमै व्यस्त थिइन्।
पछिल्लो केही दिनयता भने उनको उपस्थिति बिना नै रास्वापले काठमाडौं(१ मा चुनावी अभियान सञ्चालन गरिरहेको छ।
काठमाडौं-१ उनको प्रतिस्पर्धी उम्मेदवारहरू कांग्रेसबाट प्रबल थापा, एमालेबाट मोहनराज रेग्मी, नेकपाबाट मेनुका भण्डारी (कृतु) र राप्रपाबाट रवीन्द्र मिश्र छन्।

