काठमाडौँ । सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा दिने निर्णय पनि भएको छ ।
यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियाे । साेही सिफारिसका आधारमा सरकारले ३ दिन सार्वजनिक बिदा दिएको हो ।

