२०८३, आश्विन २२ गते

images
  • समाचार
  • मन्त्रिपरिषद्का बैठकका ७ निर्णयः अनुदान सहायता...

मन्त्रिपरिषद्का बैठकका ७ निर्णयः अनुदान सहायता स्वीकारदेखि बुढीगण्डकी आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृतसम्म

मन्त्रिपरिषद्का बैठकका ७ निर्णयः अनुदान सहायता स्वीकारदेखि बुढीगण्डकी आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृतसम्म

मंगलवार, फाल्गुण १२ २०८२०३:५८
मंगलवार, फाल्गुण १२ २०८२०३:५८
  • images

    काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा निर्णय गरेको पाइएको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आजको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिनेदेखि जेनजी परिषद गठन गर्नेसम्मको निर्णय भएको उनले बताए । 

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णय :

    १) प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय ।

    २) चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने ।

    ३) काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने। 

    ४) बिमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने ।

    ५) विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्त सम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने ।

    ६) प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा मिति २०८२ फाल्गुन २० गतेदेखि २२ गतेसम्म तिन दिन मुलुकभर सार्वजनिक बिदा दिने ।

    ७) जेनजी परिषद गठन गर्ने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend