२०८३, आश्विन २२ गते

images
  • समाचार
  • विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट स्विडिस नागरिक...

विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट स्विडिस नागरिक पक्राउ

विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट स्विडिस नागरिक पक्राउ

सीएनएन खबर
बुधवार, फाल्गुण १३ २०८२१२:१९
सीएनएन खबर
बुधवार, फाल्गुण १३ २०८२१२:१९
  • images

    काठमाडौँ । बाहिर लैजाँदै गरेको ठूलो परिमाणको विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ परेकी छिन् । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट उनलाई पक्राउ गरिएको हो । 

    पक्राउ पर्नेमा ५१ वर्षीया स्विडिस नागरिक कुन्चोक खान्द्रो छिन् । 

    उनलाई अमेरिकी डलर साढे १० हजार, युरो २६ हजार ७००, चिनियाँ युआन सात हजार ४०० र फेम हन्ड्रा क्रोनर ९स्विडेन० ४३ हजारसहित मंगलबार विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी गरेको हो । 

    प्रहरीका अनुसार उनी सिचुवान एयरलाइन्सको उडानमार्फत चीन जाँदै थिइन् । 

    खान्द्रोलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend