२०८३, आश्विन २२ गते

images
  • समाचार
  • मन्त्रिपरिषद्का २५ निर्णयः महासेनानीमा बढुवादेखि सार्वजनिक...

मन्त्रिपरिषद्का २५ निर्णयः महासेनानीमा बढुवादेखि सार्वजनिक बिदा निर्धारणसम्म

मन्त्रिपरिषद्का २५ निर्णयः महासेनानीमा बढुवादेखि सार्वजनिक बिदा निर्धारणसम्म

बुधवार, फाल्गुण १३ २०८२०२:४९
बुधवार, फाल्गुण १३ २०८२०२:४९
  • images

    काठमाडौँ । मन्त्रिपरिषद्को यही फागुन १२ गते बसेको बैठकले सोह्रौँ योजना कार्यान्वयन स्वीकृतिदेखि नेपाली सेनानीलाई महासेनानीमा बढुवालगायत विभिन्न २५ निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अर्यालले मन्त्रिपरिषद्को बैठकको निर्णय आज सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे । 

    निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने तथा सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्णय पनि गरिएको छ ।

    बैठकले १६ औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२-२०८५/८६) स्वीकृत गरेको छ । बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत केरावारी-न्यू मर्स्याङ्दी, माथिल्लो जुनवेशीखोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र रुख हटाउन स्वीकृति दिने पनि निर्णय गरिएको छ ।

    cabinet_1.jpg
    cabinet_2.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend