काठमाडौँ । चितवन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार दावा दोर्जे लामालाई चुनाव जिताउन चुनावी कमाण्डरको रूपमा नेकपा एमालेकी सशक्त महिला नेतृ पार्टी केन्द्रीय कमिटी सदस्य प्रभा बराल मैदानमा छिन्।
रास्वपाबाट हरि ढकाल उम्मेदवार रहेको चितवन १ नम्बरमा एमालेको इतिहास गर्विलो रहेको बुझिन्छ, यद्यपि अघिल्लो चुनावमा भने ढकालले जित हात पार्न सफल भएका थिए।
यो चोटी चुनावी कमाण्डरको रूपमा उत्रिएकी नेतृ प्रभा बराल चितवन राप्ती नगरपालिकाकी संस्थापक नगर प्रमुख समेत हुन्। उत्कृष्ट कार्यकाल सकाएकी बरालले नमूना नगरपालिका निर्माणका लागि तत्कालीन शेरबहादुर देउवाको सरकारबाट पुरस्कृत समेत भएकी थिइन्।

