२०८३, आश्विन २२ गते

images
  • समाचार
  • निर्वाचन सुरक्षाका लागि सरकारले खटायो सातै...

निर्वाचन सुरक्षाका लागि सरकारले खटायो सातै प्रदेशमा एआईजी

निर्वाचन सुरक्षाका लागि सरकारले खटायो सातै प्रदेशमा एआईजी

बिहिवार, फाल्गुण १४ २०८२०५:१५
बिहिवार, फाल्गुण १४ २०८२०५:१५
  • images

    काठमाडौँ । सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाएको छ । 

    निर्वाचन सुरक्षा चुस्त पार्नका लागि प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागहरूमा रहेका सात एआईजीलाई प्रदेश कमाण्डमा खटाइएको हो । उनीहरूले निर्वाचन अवधिभर प्रदेशमा रहेर त्यस मातहतका जिल्लाहरूको सुरक्षा कमाण्ड गर्ने बताइएको छ ।

    जसअनुसार कोशी प्रदेशमा मानव स्रोत विभागका एआईजी राजन अधिकारीलाई खटाइएको छ । उनले कोशी प्रदेशका जिल्लाहरूमा गएर अनुगमन तथा निर्देशन दिइरहेका छ । कोशी प्रदेशका प्रहरी प्रमखु भने डीआईजी विनोद घिमिरे छन् ।

    त्यस्तै मधेश प्रदेशमा एआईजी डम्बर विकलाई पठाइएको छ । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए । मधेश प्रदेशका आठ जिल्लाको उनले अनुगमन, निर्देशन गर्ने छन् । मधेश प्रदेश प्रहरी कार्यालयको प्रमुख भने डीआईजी गोविन्द थपलिया छन् ।

    बागमती प्रदेशको कमाण्ड गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाहलाई पठाइएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुख भने डीआईजी दीपक रेग्मी छन् ।

    हरेक पटकको चुनावमा झडप हुने दोलखामा एसपी नान्तिराज गुरुङलाई पठाइएको छ । दोलखाको प्रहरी प्रमुख भने डीएसपी हुन्छन् । काभ्रे र सिन्धुपाल्चोकका कमाण्ड गर्ने गरी विनोद सिलवाललाई पठाइएको छ ।

    गण्डकी प्रदेशमा भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एआईजी डा। मनोज केसीलाई पठाइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख भने डीआईजी दीपेन्द्र जिसी छन् ।

    लुम्बिनी प्रदेशमा कार्य विभागका प्रमुख उमा प्रसाद चतुर्वेदीलाई खटाइएको छ । यो प्रदेशको प्रहरी प्रमुख भने भुपेन्द्र बहादुर खत्री छन् । रुपन्देही र कपिलवस्तु कमाण्ड गर्ने गरी ऋषिराम कँडेललाई खटाइएको छ ।

    कर्णाली प्रदेशमा अपराध अनुसन्धान विभागका एआईजी सुशील सिंह राठौरलाई खटाइएको छ । यो प्रदेशका प्रहरी प्रमुख भने जयराज सापकोटा हुन् ।

    त्यस्तै सुदूरपश्चिम प्रदेशको कमाण्ड गर्न प्रशासन विभागका प्रमुख हिमालय कुमार श्रेष्ठलाई पठाइएको छ । यो प्रदेशको प्रहरी प्रमुख भने ओम बहादुर राना हुन् ।

    त्यस्तै उपत्यकाका तीन जिल्लाको कमाण्ड गर्ने एआईजी ईश्वर कार्कीले गर्नेछन् । यी ती जिल्लाको निर्वाचन हेर्न भने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले एसएसपी रमेश बस्नेतको कमाण्डलमा सेल खडा गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend