२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए

सीएनएन खबर
शुक्रवार, फाल्गुण १५ २०८२०४:१४
सीएनएन खबर
शुक्रवार, फाल्गुण १५ २०८२०४:१४
  • images

    काठमाडौँ । गोरखा र सुनसरीमा आज भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौँ, दाङ, मोरङ र काभ्रेमा चार जना मृत फेला परेका छन् । 

    केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको इटहरी नगरपालिका–१० मा आज अपराह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सो स्थानका अजयकुमार चौधरीको मृत्यु भएको हो  । गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित सडकमा बोलेरो दुर्घटना हुँदा त्यसका चालक नुवाकोटको विदुर नगरपालिका–६ का जैबहादुर तामाङको मत्यु भएको हो । 

    पाशुपत क्षेत्रस्थित किरियापुत्री भवन नजिक परिचय नखुलेका एक पुरुष, मोरङको सुन्दरहरैचा नगरपालिका–७ का लोकबहादुर भुजेल, दाङको घोराही नगरपालिका–१३ का निकास घर्ती र काभ्रेको बनेपा नगरपालिका–६ मा डेरामा बसेका पाँचथरका धनबहादुर सुब्बालाई मृत भेटिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend