२०८३, आश्विन २२ गते

images
  • समाचार
  • दाङमा डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक...

दाङमा डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

दाङमा डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

सीएनएन खबर
शनिवार, फाल्गुण १६ २०८२०८:२९
सीएनएन खबर
शनिवार, फाल्गुण १६ २०८२०८:२९
  • images

    काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रबिधिबाट सार्वजनिक गर्ने भएको छ । 

    विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भएपनि यस बर्षदेखि डिस्प्ले बोर्ड राखेर मतपरिणाम सार्वजनिक गर्ने गरि तयारी गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । 

    उनका अनुसार डिस्प्ले बोर्ड र वेभसाईड मार्फत सार्वजनिक गर्ने तयारी रहेकोछ । यसले गर्दा एकद्वार प्रणालीबाट नतिजा सार्वजनिक हुने र विश्वसनिय हुने सूचना अधिकारी कुँवरले बताए ।

    कति लटमा सार्वजनिक गर्ने भन्ने खालको निर्णय गरेर सोही अनुसार दाङका तीन वटै निर्वाचन क्षेत्रको मतपरिणाम डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको छ ।  उनका अनुसार प्रदेश भरकै जिल्लाबाट तयारी गर्ने योजना समेत रहेकोछ । त्यो सम्भव नभएपनि दाङमा भने यो अभ्यास हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend