२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • संविधान संशोधन गर्न कांग्रेस र एमालेले...

संविधान संशोधन गर्न कांग्रेस र एमालेले मात्रै सम्भव छैनः मन्त्री पाण्डे

संविधान संशोधन गर्न कांग्रेस र एमालेले मात्रै सम्भव छैनः मन्त्री पाण्डे

सीएनएन खबर
बुधवार, आश्विन २ २०८१०५:१४
सीएनएन खबर
बुधवार, आश्विन २ २०८१०५:१४
  • images

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका छन् ।

    बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को पूर्वसन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । 

    मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पारे । ‘दुईवटा ठूला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि होईन। देशको दूरगामी परिवर्तन र संकटबाट जोगाउन गर्नका लागि एक ठाउँमा आएका हौं। हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ । ०८४ मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्छ उनले भने ।’

    यस्तै, उनले संविधान संशोधन गर्नुपर्ने भन्दै कांग्रेस र एमाले मात्रै भएर संविधान संशोधन गर्न सम्भव नभएको बताए । राष्ट्रको हितका पक्षमा नेकपा माओवादी, राप्रपा,रासपा लगायतका दलहरूसमेत एक ठाउँमा आउन जरूरी रहेको उनको भनाई छ । उनले १० वर्षमा संविधानलाई पूनरावलोकन गर्नु पर्ने बेला आईसकेकाले संविधान संशोधन गर्नु पर्नेमा जोड दिए ।

    मन्त्री पाण्डेले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक, समावेशीता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएको बताए । मन्त्री पाण्डेले संविधानलाई जीवन्त बनाउन कामकाजी हुनुपर्ने, संविधानसँग जोडिएका ऐन कानुन निर्माण गर्न जरूरी रहेको औल्याए । त्यसैगरि उनले संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगर्ना गर्नुपर्नेमा जोड दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend