२०८३, आश्विन २२ गते

images
  • समाचार
  • मध्यपूर्वी क्षेत्रको उडान स्थगित हुँदा नेपाली...
आइतबार पनि प्रभावित हुनसक्ने

मध्यपूर्वी क्षेत्रको उडान स्थगित हुँदा नेपाली यात्रु मर्कामाः १८ फ्लाइट रद्द, ३ हजार यात्रु प्रभावित

मध्यपूर्वी क्षेत्रको उडान स्थगित हुँदा नेपाली यात्रु मर्कामाः १८ फ्लाइट रद्द, ३ हजार यात्रु प्रभावित

आइतवार, फाल्गुण १७ २०८२११:०६
आइतवार, फाल्गुण १७ २०८२११:०६
  • images

    काठमाडौँ । मध्यपूर्वी क्षेत्रमा उडान स्थगितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान अस्तव्यस्त भएको छ । विमानस्थलमा यात्रुको भिड बढेको कारण व्यवस्थापन मिलाउन विमानस्थल कार्यालय र सम्बन्धित वायुसेलाई सकस परिरहेको छ ।

    विमानस्थलबाट हुने मध्यपूर्वी क्षेत्रको उडान स्थगित भएकोले यात्रुलाई सम्बन्धित वायुसेवासँग सोधेर मात्रै विमानस्थल जान पनि आग्रह गरिएको छ ।

    मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द भएका छन्। अमेरिका-इसराइल र इरानबीच भइरहेको तनावका कारण विश्वभरिका उडानहरू प्रभावित भएका छन्। यसरी हवाइ क्षेत्र प्रभावित हुँदा नेपालका उडानहरू समेत प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

    tia2.jpg

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार शनिबार मात्रै १८ वटा हवाइ उडान प्रभावित भएका छन्। जसकारण करिब ३ हजार यात्रुलाई असर परेको छ।

    नेपाल एयरलाइन्सको तीन वटा उडानहरू काठमाडौंदेखि दमाम, काठमाडौंदेखि दोहा र काठमाडौंदेखि दुबई उड्ने उडान रद्द भएका थिए। यी फ्लाइटमा ५०० यात्रु रहेको भूलले जानकारी दिए।

    त्यस्तै कतार एयरलाइन्सको चार वटा फ्लाइट रद्द हुँदा करिब ८०० यात्रु प्रभावित भएका थिए। फ्लाइ दुबईको पनि चार वटा उडान रद्द हुँदा करिब ६०० यात्रु प्रभावित भएको प्राधिकरणले जनाएको छ।

    त्यसैगरी एयर अरबियाको शारजाह जाने दुई वटा फ्लाइटका करिब ३०० यात्रु, दमाम जाने हिमालय एयरलाइन्स ३ वटा फ्लाइटका करिब ५०० यात्रु र कुवेत जाने दुई वटा फ्लाइटमा ३०० यात्रु प्रभावित भएका हुन्। शनिबार बेलुकी त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड लागेको थियो। उडान रद्द भएपछि घन्टौं बसेर उनीहरू पुनः घर फर्किएका थिए।

    tia1.jpg

    आइतबार पनि उडानहरू प्रभावित हुनसक्ने सूचना अधिकारी भूलले जानकारी दिए। उनका अनुसार कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबको दमाम र रियादका विमानस्थल बन्द छन्।

    यसो हुँदा आइतबार पनि त्यसतर्फका फ्लाइट नचल्ने उनले बताए। ‘यी क्षेत्रका फ्लाइटहरू आज पनि नचल्न सक्छन्। आज पनि करिब १४ वटा फ्लाइट रद्द हुने सम्भावना छ,’ उनले भने।

    tia.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend