२०८३, आश्विन २२ गते

images
  • समाचार
  • विमानस्थलमा अलपत्र परेका यात्रुलाई लोकतान्त्रिक होटल...

विमानस्थलमा अलपत्र परेका यात्रुलाई लोकतान्त्रिक होटल व्यवसायी संघले सहयोग गर्ने, समस्या भए सम्पर्कमा आउन आग्रह

विमानस्थलमा अलपत्र परेका यात्रुलाई लोकतान्त्रिक होटल व्यवसायी संघले सहयोग गर्ने, समस्या भए सम्पर्कमा आउन आग्रह

आइतवार, फाल्गुण १७ २०८२०१:०९
आइतवार, फाल्गुण १७ २०८२०१:०९
  • images

    काठमाडौँ । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ ।

    कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी सङ्घले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो । सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा अलपत्र परेका हवाई यात्रुलाई खाना र बस्नका लागि सङ्घले व्यवस्था मिलाइएको जानकारी दिए । 

    “कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यअनुसार पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीले उक्त निर्णय गरेर खाना र बस्नको व्यवस्था मिलाएका हौँ”, उनले भने । 

    सङ्घले अप्ठ्यारोमा परेका यात्रुलाई सङ्घमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend