२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आज केही स्थानमा वर्षा र हिमपातको...

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

सोमवार, फाल्गुण १८ २०८२०९:५७
सोमवार, फाल्गुण १८ २०८२०९:५७
  • images

    काठमाडौँ । देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्सु लाग्ने देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने यी प्रदेशका पहाडी क्षेत्रसहित बाँकी हिमाली भू-भागमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ । अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

    विभागका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।

    आज राति पनि तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने देखिएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा समेत कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend