काठमाडौँ । मोरङको विराटनगरस्थित डाफे चोकमा जिल्ला प्रशासन कार्यालयअगाडि शंकास्पद बस्तु फेला परेपछि उक्त क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तुलाई ठूलो आवाजसहित सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरेको छ ।
घटनास्थल वरपर केही समय आवागमन रोकिएको थियो । सुरक्षा निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

