२०८३, आश्विन २२ गते

images
  • समाचार
  • महाराजगञ्ज र नैकापमा रोकि राखेको बसमा...

महाराजगञ्ज र नैकापमा रोकि राखेको बसमा आगजनी, भेटियो दुर्गा प्रसाईँको पर्चा

महाराजगञ्ज र नैकापमा रोकि राखेको बसमा आगजनी, भेटियो दुर्गा प्रसाईँको पर्चा

सीएनएन खबर
मंगलवार, फाल्गुण १९ २०८२१०:४५
सीएनएन खबर
मंगलवार, फाल्गुण १९ २०८२१०:४५
  • images

    काठमाडौँ । काठमाडौँको महाराजगन्ज र नैकापमा आज बिहान दुई गाडीमा आगजनी गरिएको छ ।

    नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बिहान २ः४० तिर गाडीमा आगजनी भएको खबर आएको र गाडीमा दुर्गा प्रसाईको संस्थाका पर्चाहरु भेटिएकाले अनुसन्धान भइरहेको बताए ।

    उनले भने, ‘अनुसन्धान गरिरहेका छौँ, दुर्गा प्रसाईंको संस्थाको पर्चा पाइएको छ तर गाडीधनीहरुले भने अहिलेसम्म रिपोर्ट गर्नु भएको छैन ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend