२०८३, आश्विन २२ गते

images

महोत्तरीमा रास्वपाका उम्मेदवार माथी कुटपिट

महोत्तरीमा रास्वपाका उम्मेदवार माथी कुटपिट

सीएनएन खबर
बिहिवार, फाल्गुण २१ २०८२०७:२९
सीएनएन खबर
बिहिवार, फाल्गुण २१ २०८२०७:२९
  • images

    काठमाडौँ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उनलाई निर्घात कुटपिट गरेको हो । घटना बुधबार रातिको हो ।

    स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्युँ तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उहाँको जनकपुरमा उपचार भइरहेको छ ।

    आक्रमणमा परेपछि उनले सहयोगका लागि प्रहरी–प्रशासनमा खबर गरेको र आफूहरुले तत्काल उनलाई उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले बताए । घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरुको खोजी जारी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend