२०८३, आश्विन २२ गते

images
  • समाचार
  • त्रिभुवन विमानस्थलले भन्योः बुकिङ ‘कन्फर्म’ गरेर...

त्रिभुवन विमानस्थलले भन्योः बुकिङ ‘कन्फर्म’ गरेर मात्रै विमानस्थल आउनू

त्रिभुवन विमानस्थलले भन्योः बुकिङ ‘कन्फर्म’ गरेर मात्रै विमानस्थल आउनू

बिहिवार, फाल्गुण २१ २०८२०५:०८
बिहिवार, फाल्गुण २१ २०८२०५:०८
  • images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आफ्नो टिकट कन्फर्म भएपछि मात्रै विमानस्थल आउन आग्रह गरेको छ । 

    कार्यालयले मध्यपूर्वमा जारी तनावका कारण टिकट बुकिङ सुनिश्चित भएपछि मात्रै विमानस्थल आउन आग्रह गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचना अनुसार, मध्यपूर्वका केही विमानस्थलबाट नेपाल आउने र नेपालबाट सोही विमानस्थलसम्म मात्र जाने उडान सञ्चालन गर्ने तयारी गरिएको छ । 

    अलपत्र यात्रुलाई आफ्नो गन्तव्यमा पुर्‍याउनका लागि उडान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, यी उडानमा ट्रान्जिट वा कनेक्टिङ यात्रु भने स्वीकार गरिने छैन । मध्यपूर्वका ती विमानस्थल र नेपालबीच सीधा यात्रा गर्ने यात्रु मात्रै यी उडानमा यात्रा गर्न पाउनेछन् ।

    विमानस्थल कार्यालयले मध्यपूर्वका देशतर्फ जाने वा ती देश हुँदै तेस्रो मुलुक यात्रा गर्ने हवाई यात्रुहरूलाई सम्बन्धित वायुसेवासँग समन्वय गरी टिकट बुकिङ सुनिश्चित (कन्फर्म) गरेपछि मात्रै विमानस्थलमा आउन आग्रह गरेको छ ।

    suchana.jpeg


     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend