२०८३, आश्विन २२ गते

images
  • समाचार
  • काभ्रेमा ६०.४२ प्रतिशत मत खस्यो, मतगणनाको...

काभ्रेमा ६०.४२ प्रतिशत मत खस्यो, मतगणनाको तयारी

काभ्रेमा ६०.४२ प्रतिशत मत खस्यो, मतगणनाको तयारी

सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०७:३४
सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०७:३४
  • images

    काठमाडौँ । काभ्रेपलाञ्चोकमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानमा ६०.४२ प्रतिशत मत खसेको छ । जिल्लाको कुल मतदातामध्ये एक लाख ९७ हजार ३४१ मत खसेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    कार्यालयका अनुसार कुल मतदाता तीन लाख २६ हजार ६११ मध्ये एक लाख चार हजार ५१२ पुरुष र ९२ हजार ८२९ महिलाको मत खसेको हो । एक लाख २९ हजार २७० मतदाता मतदानमा सहभागी नभएको कार्यालयको तथ्याङ्कले देखाएको जनाइएको छ । 

    यसैबीच, मतदानस्थलबाट आइपुगेका मतपेटिका रुजु गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत पे्रमप्रसाद न्यौपानेले बताए । उनका अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ को महाभारत, खानीखोला, तेमाल र चौँरीदेउरालीको मतपेटिका ल्याइँदै गरिएको छ भने प्रतिनिधि क्षेत्र नं २ को भुम्लु र बेथानचोक गाउँपालिकाको मतपेटिका ल्याउने काम भइरहेको छ । 

    दुवै क्षेत्रका सम्पूर्ण मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेपछि आजैदेखि मतगणना सुरु गरिने न्यौपानेले बताउनुभयो । उहाँका अनुसार जिल्लामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
     
    काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४०० मतदान केन्द्र र एक सय ८९ मतदानस्थल कायम गरिएका थिए । कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाको क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ ले उम्मेदवारी दर्ता भएको थियो । यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend