काठमाडौँ । सर्लाही–४ मा ३ हजारभन्दा बढी मतगणना, घण्टी अघि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा हालसम्म ३ हजार ६९ मतगणना सम्पन्न भएको छ। पछिल्लो विवरणअनुसार घण्टी चुनाव चिह्नले अग्रता लिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार घण्टीले १ हजार ९०८ मत प्राप्त गरेको छ। त्यस्तै रुख चुनाव चिह्नले ५३६ मत पाएको छ भने तारा चुनाव चिह्नले ३७९ मत प्राप्त गरेको छ।
यसैगरी सूर्यले ६९ मत पाएको छ। हर्न र छाता चुनाव चिह्नले समान १५–१५ मत प्राप्त गरेका छन् भने मोबाइलले ६ मत पाएको छ।
माटो चुनाव चिह्नले १ मत प्राप्त गरेको छ। मतगणनाका क्रममा ११६ मत बदर भएको जनाइएको छ। मतगणना कार्य भने निरन्तर जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

