२०८३, आश्विन २२ गते

images
  • समाचार
  • चुनाव सकेर किताब बेच्न निस्कीय महाविर...

चुनाव सकेर किताब बेच्न निस्कीय महाविर पुनः भन्छन्, ‘चुनावमा आयोगले बेच्ने दिएन, आजदेखि बेच्छु’

चुनाव सकेर किताब बेच्न निस्कीय महाविर पुनः भन्छन्, ‘चुनावमा आयोगले बेच्ने दिएन, आजदेखि बेच्छु’

सोमवार, फाल्गुण २५ २०८२१०:२८
सोमवार, फाल्गुण २५ २०८२१०:२८
  • images

    काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका वैज्ञानिक महाविर पुन पुःन कित बेच्न निस्कीएका छन् । 

    चुनावको प्रचारसँग सँगै किताब बिक्री गर्ने भनेर म्याग्दी पुगेका उनलाई निर्वाचन आयोगले किताब बिक्रीमा रोक लगाएको थियो । आयोगले किताब बिक्रीमा रोक लगाएपछि चुनाव केन्द्रीत बनेका उनी मतपरिणाम घोषणा सकिएपछि पुन किताब बिक्रीका लागि निस्कीएका हुन् । 

    उनले आज दिनभर पोखराका विभिन्न स्थानमा किताब बिक्री गर्ने जनाएका छन् ।

    ‘आज पोखरा पुगेर १० बजेदेखि अमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गर्नेछु । त्यसपछि पृथ्वीचोकमा १ बजेदेखि र महेन्द्रपुलमा ४ बजेपछि बेचिनेछ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरु लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन, बीरगञ्जमा कृषि औजार कारखाना मज्जाले चलि रहेकै छ, त्यसैले पैसा त चाहियो नि ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend