२०८३, आश्विन २२ गते

images
  • समाचार
  • ग्यास खरिदमा भारतकाे नयाँ नियम, एक...

ग्यास खरिदमा भारतकाे नयाँ नियम, एक सिलिन्डर लिएको २५ दिनपछि मात्रै अर्काे पाइने

ग्यास खरिदमा भारतकाे नयाँ नियम, एक सिलिन्डर लिएको २५ दिनपछि मात्रै अर्काे पाइने

मंगलवार, फाल्गुण २६ २०८२०१:३३
मंगलवार, फाल्गुण २६ २०८२०१:३३
  • images

    काठमाडौँ । अमेरिका–इजरायल र इरान युद्धले मध्यपूर्वमा पारेको असरले भारतको घरेलु ग्यास बजार प्रभावित भएको छ। महाराष्ट्रका कतिपय ग्यास डिलरमा उपभोक्ताको लामो लाइनसमेत बढेको छ।

    ग्यासमा करिब ९० प्रतिशत आयातमा निर्भर भारतले ग्यास भरिएका सिलिन्डरको अनावश्यक मौज्दात रोक्न घरेलु उपभोक्ताका लागि नयाँ नियम जारी गरेको छ। 

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार एक सिलिन्डर ग्यास खरिद गरेपछि अर्को किन्न २५ दिन कुर्नुपर्ने नयाँ नियम लगाइएको हो। यसअघि यस्तो नियम २१ दिनका लागि निर्धारण गरिएको थियो। तर, मध्यपूर्व तनावका कारण भारतीय उपभोक्ताले धेरै ग्यास सिलिन्डरको माग गर्न थालेपछि आपूर्ति सहजताका लागि सरकारले नयाँ नियम लागू गरेको हो।

    त्यस्तै, इन्डियन आयल कर्पोरेसनले गत शनिबारबाट लागू हुने गरी १४ किलोग्राम तौलको घरेलु ग्यासको मूल्य ६० भारु र १९ किलोग्राम तौलको व्यावसायिक ग्यासको मूल्य ११५ भारु बढाएको छ। मूल्यवृद्धि र बिक्रीमा कोटा निर्धारण गरेर ग्यासको ‘जम्माखोरी’ रोक्ने सरकारी रणनीति रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

    भारतले ग्यासको जम्माखोरी रोक्न ‘वस्तु अधिनियम ऐन’समेत लागू गरेको छ। यो ऐन लागू भएपछि प्राकृतिक ग्यास, एलपिजी र सवारीसाधनमा प्रयोग भइरहेको सिएनजीको आपूर्ति शतप्रतिशत गर्नुपर्ने हुन्छ। रासायनिक मल कारखानालाई चाहिने ग्यास भने पछिल्लो ६ महिनाको तुलनामा ७० प्रतिशत मात्रै आपूर्ति गर्न सकिने ऐनमा व्यवस्था छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend