२०८३, आश्विन २२ गते

images

आजदेखि तुवाँलो क्रमिक रूपमा हट्दै जाने

आजदेखि तुवाँलो क्रमिक रूपमा हट्दै जाने

सीएनएन खबर
मंगलवार, फाल्गुण २६ २०८२०४:००
सीएनएन खबर
मंगलवार, फाल्गुण २६ २०८२०४:००
  • images

    काठमाडौँ । केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जीव अधिकारीले आजभन्दा भोलिदेखि मौसममा थप सुधार हुने सम्भावना रहेको बताए ।

    उनका अनुसार पछिल्ला दिनमा उच्च चापीय प्रणालीको प्रभावले तुवाँलो देखिएको हो ।  तर, यो प्रणाली क्रमशः कमजोर हुँदै जाँदा तुवाँलो पनि हट्दै जाने अनुमान गरिएको छ । 

    हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार आज केही स्थानमा हल्का वर्षा भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend