काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले ११ सय २४ पृष्ठलामो पूर्ण प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको हो।
सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानको बयान पनि उल्लेख छ । बयानमा रविले आफुलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै धेरै जटिल बनाइएको बयान दिएका छन् । साथै उनले बयानमा जीवी राईले आफ्नो नाममा र सयौं अन्य व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी भएको बताएका छन् ।
साथै उनले सहकारीबाट एक रुपैयाँ नलिएको र गोरखा मिडियामा रहँदा आफ्नो विज्ञताको जिम्मेवारी बाहेक अन्य कार्यमा संलग्नता नरहेको समितिलाई बताएका छन् ।

