काठमाडौँ । ओमानको दक्षिणी सहर सलालाह बन्दरगाहमा रहेको तेल भण्डारण ट्याङ्कहरूमा ड्रोन आक्रमण भएको छ।
ओमानको सरकारी सञ्चारमाध्यमका अनुसार ड्रोन आक्रमणपछि बन्दरगाहको इन्धन भण्डारण ट्याङ्कहरूमा आगो लागेको छ।
यद्यपि अहिलेसम्म कुनै हताहतको रिपोर्ट आएको छैन।

