२०८३, आश्विन २२ गते

images

निर्वाचन प्रहरीको आज बिदाई

निर्वाचन प्रहरीको आज बिदाई

सीएनएन खबर
बिहिवार, फाल्गुण २८ २०८२१०:०६
सीएनएन खबर
बिहिवार, फाल्गुण २८ २०८२१०:०६
  • images

    काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आज बिदाई गर्ने भएको छ ।

    आज निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरी बिदाई गर्ने लागेको हो । उनीहरुलाई ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिँदैछ ।

    यसवर्ष नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।

    सशस्त्र प्रहरी मातहतका प्रहरीको पनि आजै बिदाई कार्यक्रम राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend