२०८३, आश्विन २२ गते

images
  • समाचार
  • ग्यास अभाव कम गर्न आधा सिलिण्डर...

ग्यास अभाव कम गर्न आधा सिलिण्डर बिक्री गर्ने तयारीमा निगम

ग्यास अभाव कम गर्न आधा सिलिण्डर बिक्री गर्ने तयारीमा निगम

बिहिवार, फाल्गुण २८ २०८२०३:५१
बिहिवार, फाल्गुण २८ २०८२०३:५१
  • images

    काठमाडौँ । पछिल्लो केही समयदेखि काठमाडौँ उपत्यका लगायतका धेरै स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव हुन थालेको छ । भारतबाट निरन्तर मात्रामा ग्यास आयात भएपनि नेपाली बजारमा ग्यास लिनेको लाइन कम नभएपछि सरकारले आधा सिलिण्डर बिक्री गर्ने तयारी थालेको छ । 

    यसअघि अभावको समयमा आधा सिलिण्डर बिक्री गर्ने गरेको सरकारले अभाव कम गर्नका लागि पुनः सोही रणनीति कार्यान्वयन गर्न लागेको छ । जसअनुसार बिहीबार बस्ने नेपाल आयल निगम सञ्चालक समितिको बैठकले उक्त निर्णय गर्ने तयारी गरेको पाइएको छ । 

    निगमले आधा सिलिण्डर बिक्रीको तयारी गरेको र सोही अनुसार व्यवसायीहरु पनि तयारी अवस्थामा रहेको एक ग्यासका सञ्चालकले जानकारी दिए । उनका अनुसार आजको निगम बोर्डले उक्त निर्णय गर्ने र भोली अथवा पर्सिसम्म ग्यास उद्योगीहरुले सोही अनुसार आधा सिलिण्डर बिक्री गर्ने तयारी भएको ती उद्योगीले बताए ।

    नेपाल आयल निगमका अनुसार हाल देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर रहेका छन् । हाल १४.२ केजीको सिलिन्डर बिक्री हुँदै आएकोमा नयाँ निर्णयपछि ७.१ केजी ग्यास भरेर बजारमा पठाइनेछ ।

    उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय (स्टक) गरेका कारण बजारमा अभाव देखिएको निगमको बुझाइ छ । ग्यास अन्य वस्तुजस्तो लामो समय थुपारेर राख्न नमिल्ने र आधा सिलिन्डर मात्र वितरण गर्दा धेरै उपभोक्तासम्म पुग्ने भएकाले अभाव हट्ने निष्कर्ष निगमले निकालेको हो ।

    निगमकाे उक्त निर्णय पश्चात  आधा सिलिन्डर भर्दा उद्योगहरूको सञ्चालन खर्च (अपरेसन कस्ट) भने दोब्बर हुने देखिन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend