२०८३, आश्विन २२ गते

images
  • समाचार
  • मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी...

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माइक्रो दुर्घटना, ७ भारतीय नागरिकको मृत्यु

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माइक्रो दुर्घटना, ७ भारतीय नागरिकको मृत्यु

सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०६:३७
सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०६:३७
  • images

    काठमाडौँ । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको ईभी माइक्रो दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

    मनकामनाबाट फर्कँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो शनिबार राति गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको हो ।

    माइक्रो सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । माइक्रोमा १५ जना सवार थिए ।

    प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने एक गम्भीर घाइतेलाई भरतपुर रेफर गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend