२०८३, आश्विन २२ गते

images

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०३:२७
सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०३:२७
  • images

    काठमाडौँ । देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौँ, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र पर्साबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका हुन् ।

    प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई, चितवनको भरतपुर महानगरपालिका-३ कमलनगरको सब्जीमण्डबाट दुई, सप्तरीको तिरहुत गाउँपालिका-२ बडहराबाट दुई, कञ्चनपुरको बेलौरी नगरपालिका(१० सडकघाट दुई तथा पर्साको वीरगज महानगरपालिका-१४ गण्डक चोकबाट दुई जना पक्राउ परेका छन् । 

    त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट, बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट, गोदावरी नगरपालिका-११ गौडीबजारबाट र कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट एकरएकजना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend