२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सोमबार साँझको हुरीले भक्तपुरका दुई घरमा...

सोमबार साँझको हुरीले भक्तपुरका दुई घरमा क्षति

सोमबार साँझको हुरीले भक्तपुरका दुई घरमा क्षति

सीएनएन खबर
मंगलवार, चैत्र ३ २०८२०७:२९
सीएनएन खबर
मंगलवार, चैत्र ३ २०८२०७:२९
  • images
    काठमाडौँ । सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका(२ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा रहेको दुई घर भत्किएर क्षति पुगेको छ । सोमबार आएको हुरीले रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना तथा फलामको बिमसमेत उडाउनुका साथै घर पूर्ण रूपमा क्षतिग्रत भएको हो ।
     
    उक्त घरको छानो उडाएर नजिकै रहेको ११ हजार भोल्टेजको थ्रीफेज तारमा अड्किँदा त्यसको भार थाम्न नसरी ट्रान्सफर्मर रहेको दुई वटा सिमेन्टको खम्बासमेत भाँच्चिएर थलेको छ । उक्त खम्बा ढल्दा नजिकैको सुशीला खड्काको घरमा पनि क्षति पुगेको स्थानीय विकास प्रहरले जानकारी दिए । 
     
    हुरीले घर नजिकै रहेको अर्को पनि विद्युत्को खम्बा ढलेपछि सडक अवरुद्ध बनेको उल्लेख गर्दै उनले सोही कारणले आवतजावत रोकिएको बताए । उनले हुरीका कारण दुई वटा घर पूर्ण रूपमा क्षति भएको जानकारी दिनुभयो । हुरीपछि चाँगुनारायण नगर विपद् समितिले नगर प्रहरीमार्फत त्रिपालको व्यवस्था गरी घरलाई छोपेको छ । 
     
    हुरी रोकिएपछि त्रिपुरा नगर टोल सुधार समितिका पूर्वअध्यक्ष उपेन्द्र ढकाल, समितिका अध्यक्ष श्याम थापासहितको टोली, चाँगुनारायण नगर प्रहरी, प्रहरी प्रभाग दुवाकोटको टोलीले उद्धार गरी घरलाई सुरक्षित राख्ने प्रयास गरिएको वडा नं २ का वडाध्यक्ष सोम प्रधानले बताउनुभयो । घटनास्थलमा पुग्नुभएका उहाँले क्षतिको विवरण सङ्कलन गरी पीडित परिवारलाई नगरपालिकामार्फत क्षतिपूर्तिको व्यवस्था गरिने उल्लेख गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend