२०८३, आश्विन २२ गते

images
  • समाचार
  • पुस्तक जलाएको घटनाका सम्बन्धमा छानविन गरी...

पुस्तक जलाएको घटनाका सम्बन्धमा छानविन गरी दोषी उपर कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

पुस्तक जलाएको घटनाका सम्बन्धमा छानविन गरी दोषी उपर कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

मंगलवार, चैत्र ३ २०८२०३:१८
मंगलवार, चैत्र ३ २०८२०३:१८
  • images

    काठमाडौँ । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु¥याउने किसिमको घटनाका सम्बन्धमा छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

    परराट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानविन गरी दोषीलाई कारवाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

    मोरङको मनमोहन टेक्निकल इन्टच्यूमा चिनियाँ राष्ट्रपति सि जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताव जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो । उक्त घटनाको छानविन तथा कारवाही गर्न काठमाडौास्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । 

    सोही पत्रउपर गृह मन्त्रालयले आवश्यक कारवाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो । सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको सिडिओ प्रशासन र प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend