काठमाडौँ । खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।
बुधबार दिउँसो १२ बजेतिर अवरतणका क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ।
खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गरिन् । दुर्घटनामा कसैको पनि हताहती नभएको उनको भनाइ छ ।

