२०८३, आश्विन २२ गते

images
  • समाचार
  • खोटाङ दुर्घटनाको मुख्य कारण असन्तुलीत अवतरण...

खोटाङ दुर्घटनाको मुख्य कारण असन्तुलीत अवतरण र ओभर लोड, घाइतेको अर्काे हेलिबाट गरियो उद्धार

खोटाङ दुर्घटनाको मुख्य कारण असन्तुलीत अवतरण र ओभर लोड, घाइतेको अर्काे हेलिबाट गरियो उद्धार

बुधवार, चैत्र ४ २०८२०१:१३
बुधवार, चैत्र ४ २०८२०१:१३
  • images

    काठमाडौँ । खोटाङको केपिलासगढीमा एयर डाइनेस्टीको हेलिकप्टर अवतरणका क्रममा भित्तामा ठोक्किएर दुर्घटनामा परेको पाइएको छ । 

    बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खोटाङका लागि उडेर एयर डाइनेस्टीको ९ एनएफक्यू हेलिकोप्टर ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरणले असन्तुलीत अवतरण र ओभर लोडका कारण जहाज दुर्घटनामा परेको जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायव उपरीक्षक ९डीएसपी० प्रकाश बुढाथोकीले उक्त दुर्घटनामा १ जना सामान्य घाइते भएको जानकारी दिए । 

    डीएसपी बुढाथोकीका अनुसार हेलिकप्टरमा चालकसहित ६ जना सवार थिए। ​दुर्घटनामा परी हेलिकप्टरमा सवार काजीबहादुर राई घाइते भएका छन्। अन्य पाँच जना सकुसल रहेका छन्। 

    ​घाइते राईलाई उपचारका लागि अर्को हेलिकप्टर मगाएर घटनास्थलबाट पठाएको उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend