काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेसम्म मन्त्रिमण्डलको टुंगो नलागेको बताएका छन् । बुधबार नयाँ सांसदको अभिमुखीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले मन्त्रीको टुंगो नलागेको भन्दै मन्त्री बनाइदिनुस् भनेर मिडिया ट्रायल नगर्न सांसदलाई आग्रह गरेका छन् । अभिमुखीकरणमा बोल्दै लामिछानेले पार्टीले अहिलेसम्म क्याबिनेटमा को–को पठाउने भन्ने निर्णय नगरेको बताए ।
उनले यही हलभित्र मन्त्रीमण्डल चलाउनसक्ने क्षमतावान व्यक्ति रहेको भन्दै विज्ञता र क्षमताको आधारमा पार्टीले मन्त्री बनाउने बताए । उनले मन्त्री बनाउन कसैलाई भन्नुनपर्ने बताउँदै पार्टीले सबैलाई समान रूपले हेरिरहेको बताए ।
‘पार्टीले छेकिएकालाई पनि हेरिरहेको छ’, उनले भने, ‘कोही कसैको क्षमता लुकाएर लुक्दैन । हामी छेकिएकालाई पनि देखिरहेका छौँ ।’

