काठमाडौँ । सांसद डा महाविर पुनले बिहीबार पनि पोखराको नदिपुर आसपासमा आफ्नो किताब बिक्री गर्ने भएका छन् । उनले सामाजिक सञ्जाल मार्फत बिहीबार सो स्थानमा किताब बिक्रीको तयारी भएको बताएका हुन्।
यसअघि पोखराका विभिन्न स्थानमा उनले किताब बिक्री गरिसकेका छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खुला रुपमा किताब बिक्री नगर्न आग्रह गरेका थिए ।
महाविर पुनले उनलाई किताब बिक्री गर्याे भनेर गार्हो पिरो नमान्न आग्रह समेत गरेका छन्।
‘शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन । त्यसैले आज बिहान १० बजेदेखि नदिपुरको बालमिन्दरदेखि ५० मिटर पश्चिम तरि रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्नेछु । चुनाव सकिएपछि म्याग्दीको छ वटा पालिकामा गएर जनप्रतिनिधि र गाउँलेहरुसँग विकास र बजेट सम्बन्धी पहिलो चरणको छलफल सकियो । अनि के गरेर बस्ने त नि मेयर साहब? गार्हो पिरो नमान्नुहोला’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।

