२०८३, आश्विन २२ गते

images
  • समाचार
  • पश्चिमी वायुको ठूलो प्रणाली नेपालगन्ज हुँदै...

पश्चिमी वायुको ठूलो प्रणाली नेपालगन्ज हुँदै पुग्दै पोखरा, बुटबलमा दिउँसै रात पर्याे, ललितपुरमा वर्षा शुरु

पश्चिमी वायुको ठूलो प्रणाली नेपालगन्ज हुँदै पुग्दै पोखरा, बुटबलमा दिउँसै रात पर्याे, ललितपुरमा वर्षा शुरु

शुक्रवार, चैत्र ६ २०८२०१:५९
शुक्रवार, चैत्र ६ २०८२०१:५९
  • images

    काठमाडौँ । देशका केही स्थानमा यति बेला (शुक्रबार दिउँसो १:२५ बजे) पानी परिरहेको छ । पश्चिम नेपालका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    काठमाडौं उपत्यकामा पनि पानी पर्न सुरु भएको जलवायुविज्ञ धर्मराज उप्रेतीले जानकारी गराएका छन् । पश्चिमी वायुको पानी पार्ने ठूलो प्रणाली पोखरातिर लागेको उनले उल्लेख गरेका छन् ।

    “पश्चिमी वायुको ठूलो प्रणाली नेपालगन्ज–दाङ हुँदै बुटवल, पोखरा पुग्दै छ भने काठमाडौंको दक्षिणी भागमा भैँसेपाटी, गोदावरीमा वर्षा हुन सुरु गरेको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    अबको केही घण्टामै यो प्रणाली थप सक्रिय हुने र हावाहुरी, असिनापानी बढ्दै जाने सम्भावना बलियो रहेको उनले औँल्याएका छन् ।

    पछिल्लो तीन घण्टामा भएको वर्षाको विवरण ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend