२०८३, आश्विन २२ गते

images
  • समाचार
  • पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनसँगै हिउँ...

पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनसँगै हिउँ खेल्नेको घुइँचो

पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनसँगै हिउँ खेल्नेको घुइँचो

शनिवार, चैत्र ७ २०८२१०:४४
शनिवार, चैत्र ७ २०८२१०:४४
  • images

    काठमाडौँ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । 

    उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो । आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ । हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ । पाथीभराको दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले नजिकका क्षेत्रका मानिसहरू पनि त्यहाँ पुगेका छन् ।

    हिमपातसँगै जिल्लाभर चिसो बढेको छ । जिल्लाका उत्तरी उच्च भेगहरूमा समेत हिउँ परेको स्थानीयहरूले बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend