२०८३, आश्विन २२ गते

images

कपिलवस्तुको महाराजगन्ज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

कपिलवस्तुको महाराजगन्ज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

शनिवार, चैत्र ७ २०८२०६:३०
शनिवार, चैत्र ७ २०८२०६:३०
  • images

    काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। 

    शनिबार जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले सूचना जारी गरि निषेधाज्ञा लगाएको हो। शनिबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जनाएका छन्। 

    जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समितिको निर्णयअनुसार, २०८२:१२:७ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म जिल्ला कपिलवस्तु महाराजगन्ज नगरपालिकाका देहायका क्षेत्रहरूमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ।’

    स्थानीय प्रशासनले पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। 

    निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार, महाराजगन्जमा शनिबार चर्को स्वरमा भजनकीर्तन गरिएको विषयमा विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै गएर दुई समुदायबीच तनाव उत्पन्न भएपछि निषेधाज्ञा जारी गर्नुपरेको हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend