२०८३, आश्विन २२ गते

images
  • समाचार
  • इन्धन खपत कम गर्न सरकारी रणनीतिः...

इन्धन खपत कम गर्न सरकारी रणनीतिः खाना पकाउने ग्यास आधा सिलिण्डर, सवारीसाधनमा जोरबिजोर प्रणाली

इन्धन खपत कम गर्न सरकारी रणनीतिः खाना पकाउने ग्यास आधा सिलिण्डर, सवारीसाधनमा जोरबिजोर प्रणाली

आइतवार, चैत्र ८ २०८२१२:५६
आइतवार, चैत्र ८ २०८२१२:५६
  • images

    काठमाडौँ । सरकारले इन्धन खपत कम गर्न सवारीसाधामा समेत जोरबिजोर प्रणाली लागू गर्नै तयारी थालेको छ । नेपाल आयल निगमले सो रणनीति लागू गर्ने तयारी गरेको हो ।

    यसअघि खाना पकाउने एलपीजी ग्यासको अभाव भएपछि निगमले आधा सिलिण्डर बिक्री वितरणको अनुमति दिएको थियो । लामो समयदेखि ग्यास डिपो र उद्योगमै सेवाग्राहीको भिड लागेपछि निगमले आधा सिलिण्डर बिक्री वितरणको निर्देशन दिएको थियो । आधा सिलिण्डर बिक्री वितरण पछि अहिले ग्यास डिपो तथा उद्योगमा क्रमीक रुपमा भिड घट्न थालेको निगमले जनाएको छ । 

    पश्चिमा देशहरुमा बढ्दो द्धन्दका कारण निगमले ग्यासको खपत कम गर्न जोरबिजोर प्रणाली लागू गर्न लागेको हो । 

    सवारी साधनमा जोरबिजोर प्रणालीसँगै निगमले वर्क फर्म होमको समेत अवधारण तयारी अवस्थामा राखेको जनाईएको छ । 
    इन्धन खपत कम गर्न सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्नुपर्ने निष्कर्षमा निगम

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend