२०८३, आश्विन २२ गते

images
  • समाचार
  • पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर,...

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर, क्यानका पूर्व महानिर्देशकदेखि अधिकांश कर्मचारी मुछिए

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर, क्यानका पूर्व महानिर्देशकदेखि अधिकांश कर्मचारी मुछिए

आइतवार, चैत्र ८ २०८२०२:५३
आइतवार, चैत्र ८ २०८२०२:५३
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ । 

    अख्तियारले सोमबार अदालतमा पेश गरेको दोस्रो मुद्दामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, क्यानका पूर्व महानिर्देशकदेखि २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

    अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र छिट्टै मुद्दा दायर हुने भनि विवरण पेस गरेको थियो ।

    सोमबार दर्ता भएको मुद्दामा क्यानका पूर्वमहानिर्देशक संजिव गौतम र राजन पोखरेललाई समेत प्रतिवादी बनाईएको छ । उनीहरुसँगै यसअघि निलम्बीत महानिर्देशक प्रदीप अधिकारी, बाबुराम पौडेल, केही पुराना निलम्बीत कर्मचारीसँगै क्यानका नयाँ कर्मचारी समेत परेका छन् । 

    दोस्रो मुद्दामा ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend