२०८३, आश्विन २१ गते

images
  • समाचार
  • गत वैशाखयता देशभर सात हजार २३१...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

सीएनएन खबर
बिहिवार, चैत्र १२ २०८२०७:१३
सीएनएन खबर
बिहिवार, चैत्र १२ २०८२०७:१३
  • images

    काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन् । 

    यस्तै, एक हजार ८०० जना घाइते भएका छन् । प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा तीन हजार ४८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२,  चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन् । 

    यसैगरी, वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र  हिउँपहिरोका पाँचवटा घटना भएका प्राधिकरणले जनाएको छ । 

    यस्तै, भूकम्पका सात, असिना, डुङ्गा पल्टेका दुई ÷दुई घटना हुँदा असिनासहित हुरी, शीतलहरका एक÷एक घटना घटेका छन् । 

    यसैगरी, यही चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म २६ वटा विपद्मा घटना भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । एकै दिन नौ जिल्लाका १३ स्थानमा आगलागीका घटना भएका र विपद्मा परी १० जना घाइते भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend