काठमाडौँ । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गरेसँगै उनले अर्थतन्त्रको अहिलेसम्मको अवस्थाबारे श्वेतपत्र तयार पार्नका लागि काम सुरु भइसकेको बताए। त्यसका लागि टिम तयार भएको र पाँच दिनभित्र रिपोर्ट दिने उनले जानकारी दिए।

