२०८३, आश्विन २१ गते

images
  • समाचार
  • कार्की आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्ने बालेन...

कार्की आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्ने बालेन सरकारको निर्णय, ओली सहित यी नेतालाई हुनसक्छ कारवाही

कार्की आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्ने बालेन सरकारको निर्णय, ओली सहित यी नेतालाई हुनसक्छ कारवाही

शुक्रवार, चैत्र १३ २०८२०६:२३
शुक्रवार, चैत्र १३ २०८२०६:२३
  • images

    काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने भएसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायत कारबाहीको दायरमा आउने भएका छन् । 

    बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को शुक्रबार बसेको पहिलो बैठकले नै कार्की आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने गरेको हो । 

    यो निर्णयसँगै जेनजी आन्दोलनमा दोषी देखिएकामध्येका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री  रमेश लेखक र आईजीपी चन्द्र कुवेर खापुङ कारबाहीको दायरमा आउने भएका हुन् । उनीहरूमाथि आयोगले १० वर्षसम्म जेलसजायको सिफारिस गरेको छ । 

    मन्त्रिपरिषद्को बैठकले आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा भने अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गर्ने निर्णय गरेको सरकारका नवनियुक्त प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    ओलीलगायतको हकमा भने सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकाय ९गृह मन्त्रालय लगायत० लाई निर्देशन दिने निर्णय भएको उनको भनाइ छ । 

    यी हुन् आयोगले डामेकाहरू 

    तत्कालीन प्रधानमन्त्री– केपी शर्मा ओली

    तत्कालीन  गृहमन्त्री– रमेश लेखक 

    तत्कालीन आईजीपी–चन्द्रकुवेर खापुङ

    (उनीहरुले ‘फौजदारी लापरबाही’ र जिम्मेवारीबाट पन्छिएको कसूर गरेको आयोगको ठहर छ ।)

    कारबाही सिफारिस प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरू

    गोकर्णमणि दुवाडी : तत्कालीन गृह सचिव

    राजु अर्याल : तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक 

    हुतराज थापा : तत्कालीन प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग

    छविराज रिजाल : तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ), काठमाडौँ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend