२०८३, आश्विन २१ गते

images

पूर्वउर्जामन्त्री खड्का पक्राउ

पूर्वउर्जामन्त्री खड्का पक्राउ

आइतवार, चैत्र १५ २०८२०८:५२
आइतवार, चैत्र १५ २०८२०८:५२
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ ।

    उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend