काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अर्को तारिख आउँदो वैशाख १४ गतेका निम्ति तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतले आइतबारपछि लामिछानेलाई वैशाख १४ को तारिख थमाएको सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्ध जारी मुद्दा प्रक्रियाअनुसार अदालतले नियमित तारिख तोक्दै आएको छ।

